यस्तो वक्तब्यको कुनै अर्थ छैन – नेता बास्तोला


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १४ २०७९
8.5K
SHARES

१४ वैशाख काठमाडै । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामा विभाजनको रेखा कोरिएको छ । पार्टीले स्थानीय तह चुनाव उपयोग गर्ने नगर्ने भन्ने विषयमा चुलिएको मतभेदले अन्तत पार्टीलाई विभाजनको बाटोमा लगेको हो ।

औपचारिक घोषणा विभाजनको नभए पनि महासचिव विप्लवले पार्टीका ५ सदस्यीय सचिवालय मध्येका जिम्मेवार २ जना सचिवालय सदस्यहरु हेमन्त प्रकाश वली सुर्दशन र धर्मेन्द्र बास्तोला कञ्चनलाई अराजकताबादी, अवसरवादी,विचलनवादी गतिविधि गरेको भन्दै अनिश्चित समयका लागि सवै जिम्मेवारीबाट पदमुक्त गरेका थिए ।

सो विज्ञप्तिपछि हाम्रो सम्पर्कमा आएका नेता बास्तोलाले यस्तो प्रतिक्रिया दिएका छन – हामीले पार्टी केन्द्रीय समितिको निर्णय विपरित पार्टीकै नेताहरु स्थानीय तह चुनावमा उम्मेदवार बन्ने कुराको बारेमा प्रश्नहरु उठाईरहेका थियौं । यस विषयमा बसौं, छलफल गरौं भनेर हामीले भनिरहेका छौं, उहाँहरु (विप्लव, प्रकाण्ड) छलफलबाटै भागिरहनु भएको छ । अहिले यस्तो वक्तब्य दिनुभएको रहेछ । मैले पढे । उहाँहरुले निकालेको यस्तो वक्तब्यको कुनै अर्थ छैन । हामी सल्लाह गदैछौं ।