सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख १५ २०७९
8.4K
SHARES
१५ वैशाख काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९८ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १३ सय २० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुन ९८ हजार ५ सय र चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट