‘बागी’ उमेदवारी फिर्ता लिनोस् – प्रधानमन्त्री देउवा
१५ वैशाख काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘बागी’ उमेदवारी दर्ता गराएका नेता–कार्यकर्तालाई उमेदवारी फिर्ता लिन निर्देशन दिएका छन् ।
बिहीबार बिहान एक अपिल जारी गर्दै उनले यही वैशाख ३० गते हुने निर्वाचनमा पार्टीका आधिकारिक उमेदवारका विरुद्ध स्वतन्त्र उमेदवारी दर्ता गराएकाहरूलाई फिर्ता लिन निर्देशन दिएका हुन् ।
“…निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५ः०० बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिइदिनुहुन र पार्टीका आधिकारिक उमेदवार र गठबन्धनमा रहेका दलका उमेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु,” उनले भनेका छन् ।

