नेपाल आयल निगमको डिपोमा आगलागी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १३ २०७९
4K
SHARES

१३ जेठ काठमाडौं । रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपोमा आगलागी भएको छ । प्रहरीका अनुसार आयल निगममा ट्यांकरबाट डिपोमा तेल खन्याउने क्रममा आगलागी भएको हो । आगलागीका अन्य कारण खुल्न सकेको छैन ।

लु. २ ख २६५६ र लु.  २ ख ५६८५ नम्बरको ट्यांकरमा आगलागी भएको हो । आगलागी नियन्त्रणमा आएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय रुपन्देहीले जनाएको छ ।