हत्यै बढ्यो कोरोना : कोभिड–१९ बाट १ जनाको मृत्यु, १३५ जनामा सङ्क्रमण पुष्टि
१ साउन काठमाडौं । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण बढेसँगै लामो समयपछि नेपालमा कसैले ज्यान गुमाएका हुन् । नेपालमा हालसम्म ११ हजार ९५३ जनाको कोभिड–१९ बाट मृत्यु भइसकेको छ । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँमा ४३ जना रहेका छन् । त्यस्तै सिरहामा ११ तथा कास्कीमा १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ४१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११४ तथा एन्टिजेन विधिबाट २१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४३९ पुगेको छ । काठमाडौैँ जिल्लामा मात्र सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।