जीप दुर्घटनामा एकै वडाका आठजनाले गुमाए ज्यान


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २७ २०७९
2.1K
SHARES

२७ मंसिर काठमाडौ । जिल्लाको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं. ३ का वीरेन्द्र केसी र अम्मर खड्का छन् ।

जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ ।

घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए । कर्णाली प्रदेश २००१च ०४२९ नम्बरको निजी जिप छेडागाड –३ जेवाबाट सोही नगरको वडा नं। ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।