नेपाल मै पहिलोपटक माछापुच्छ्रे बैंकले ल्यायो एस.एम.एस (SMS) प्रमाणिकरण प्रविधि


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस २८ २०७९
4.9K
SHARES

२८ पुस काठमाडौँ ।   डिजिटल बैंकिङ्ग क्षेत्रमा नयाँ आयामहरु थप गर्दै आएको माछापुच्छ्रे बैंक लि. ले आफ्नो मोवाईल बैंकिङ्ग एप एम.बि.एल एम स्मार्टलाई अझ बढि सुरक्षित र भरपर्दो बनाउने उद्धेश्यका साथ नयाँ प्रविधि थप गरेको छ । बैंकले पछिल्लो समय मोवाईल बैंकिङ्ग एप मार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरु र अनाधिकृत कारोबारहरु कम गर्न र ग्राहकलाई सुरक्षित राख्न आफ्नो मोवाईल बैंकिङ्ग एप एम.बि.एल एम स्मार्र्टमा नेपाल मै पहिलोपटक उच्च सुरक्षा सतर्कताका साथ एस.एम.एस (SMS)   प्रमाणिकरण प्रविधि थप गरेको हो ।

मोवाईल बैंकिङ्गमा हाल ओटिपि (OTP) सेयर मार्फत सवैभन्दा धेरै अनाधिकृत कारोबारहरु भईरहेको पाईएको छ । विभिन्न लक्की ड्र, ठुलो रकमको चिठ्ठा परेको लगायतका प्रलोभन देखाएर आफ्नो मोवाईलमा प्राप्त हुने ओटिपि (OTP) सेयर गर्न लगाई ह्याक्रहरुले ठुलो मात्रामा अनाधिकृत कारोबारहरु गरिरहेको पाईएको अहिलेको समयमा उक्त समस्यालाई रोक्नका लागि आफ्ना्े एपमा नयाँ प्रविधिको सुरुवात गरेको हो । बैंकले यस प्रविधिको शुरुवात गरे सँगै ग्राहकबाट ओटिपी प्राप्त गरी मोबाइल बैंकिगमा पहुँच प्राप्त गर्ने सम्भावना बन्द भएको छ । बैंकले यो सेवा थप गरेसंगै बैंकका ग्राहकहरुको मोवाईल बैंकिङ्ग सेवा थप सुरक्षित र भरपर्दो बन्न पुगेको छ ।

स्मार्ट बैंकको रुपमा बैंकले आफ्ना ग्राहकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरु प्रदान गर्दै आएको र विभिन्न बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न बैंकको कार्यालय सम्म पुग्नै नपर्ने गरी सेवा प्रदान गरिरहेको छ ।