सिभिल बैंक लिमिटेडको बाह्रौंवार्षिक साधारणसभा सम्पन्न।
२८ पुस काठमाडौँ । सिभिल बैंक लिमिटेडको बाह्रौंवार्षिक साधारण सभा मिति २०७९पौष २८ गते बिहिबार कालिकास्थान स्थित अमृतभोग बैंक्वेटमासम्पन्न भएको छ ।उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५%बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।
साथै सभाले आ.व. २०७९÷८० को लेखापरिक्षण गर्नको लागि “एसराई एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती (एक्विजिशन)गर्ने सन्दर्भमा सो बैंकको१०० कित्ता शेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः ८०.२८) कायम गरी प्राप्ती (एक्विजिशन)कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेकोछ । साथैसिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती –एक्विजिशन) गर्ने सम्बन्धमा भएको सम्पत्ती तथा दायित्वको मूल्याङ्कनकर्ताको नियुक्ती र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनप्रतिवेदन (ड्यू डेलिजेन्स अडिट रिपोर्ट), समझदारीपत्र, तथा अन्तिम सम्झौता पत्र लगायतका सम्पूर्ण काम कार्यवाहीहरुलाई अनुमोदन गरिएकोछ ।यसै प्रसङ्गमासिभिल बैंकको प्राप्तिगर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरुबाट स्वीकृति लिने÷अभिलेख गर्ने क्रममा भए गरेका काम कारबाही वा पूँजी संरचना वा प्रबन्धपत्र नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम मिलाई संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तीयारी प्रदानगरिएकोछ।
उक्त साधारण सभाका सबै प्रस्तावहरु पारित गर्नु भएकोमा सभामा उपस्थित सबैलाई बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेलेधन्यवाददिनुभयो । साथै सिभिल बैंकको मर्जर कमिटीलाई विशेष आभार प्रकट गर्दै नेपाल राष्ट्र बैंककोअन्तिम स्वीकृती पश्चात दुवै बैंकको एकिकृत कारोवार २०७९ माघ भित्र गरिने योजना रहेको कुरा बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले बताउनुभयो ।
करिव ८ लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु तथा१०२ एटिएम मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकलेहालसम्मरु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८६ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।