राष्ट्रपतिलाई उपचारका लागि दिल्ली लगियो


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ६ २०८०
1.7K
SHARES

६ चैत्र काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँ दिल्ली लगिएको छ । अहिले केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत् उनलाई दिल्ली लगिएको हो ।

राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा उपचार हुनेछ । राष्ट्रपति पौडेलको छातीमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

“उहाँले यसअघि पनि सोही अस्पतालमा चेक गराइरहनुभएको हुँदा र अहिले सोही समस्या लगातार देखिएपछि नेपाल र भारतका चिकित्सकको सल्लाहमा भारत लैजाने कुरा भएको हो,” राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।