बारामा घण्टी बजाएका रमेश खरेलको जमानतै जफत


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १३ २०८०
5.1K
SHARES

१३ वैशाख काठमाडौं । प्रहरी सेवामा चर्चा कमाएका रमेश खरेललाई चुनाव भने अफाव सावित भएको छ । गत मंसीरमा काठमाण्डौँमा आमा चुनाव चिन्ह लिएर लडेका उनी पराजित भएका थिए । त्यसपछि घण्टी चुनाव चिन्ह लिएर फेरी बारा पुगे उपनिर्वाचनमा । त्याहाँका जनताले एसपी रमेश खरेलकै नामले चिन्ने गरेको भन्दै उनी उत्साहित पनि भएका थिए । तर परिणाम त्यस्तो भएन ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खरेलको जमानत जफत भएको छ। बुधबार बिहान आएको अन्तिम परिणाम अनुसार रास्वपाका उम्मेलवार खरेलले २ हजार ८ सय २९ मत मात्र पाए ।

बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ। रास्वपाका उम्मेदवार खरेलले जम्मा मतको ४.१४ प्रतिशत मात्र पाएपछि जमानत जफत भएको हो। तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले र चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी हुँदा बारा २ मा खरेलको जमानत समेत जोगिएन ।