डा. भट्टराईको आक्रोश – अनि बन्छ देश?


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १८ २०८०
1.7K
SHARES

१८  बैशाख काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र ल्याउन र संविधानसभाबाट संविधान निर्माण गर्न त्याग, तपस्या र संघर्ष गरेकाहरूलाई सत्तोसराप गर्ने क्रम बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।गणतन्त्रका संस्थापक र संविधानसभाबाट संविधानका निर्माताहरूलाई सम्मान र सम्झना गरिने विश्व प्रचलनविपरीत नेपालमा गाली गर्ने गरिएको गुनासो उनले गरेका छन्। ‘संसारभर गणतन्त्रका संस्थापक र संविधानसभाबाट लोकतान्त्रिक संविधानका निर्माताहरूलाई सम्मानपूर्वक सम्झना गरिन्छ’, डा. भट्टराईले भनेका छन्, ‘जस्तै– अमेरिकाका जर्ज वासिङ्टन, जेम्स म्याडिसन इ. भारतका बीआर अम्बेडकर, डा. राजेन्द्र प्रसाद इ.।’

तर हामीकहाँ भने त्यस्ता व्यक्तित्वहरूलाई सत्तोसराप गर्ने प्रवृत्ति बढेको जिकिर पूर्वप्रधानमन्त्री भट्टराईले गरेका छन्। यसरी देश कसरी बन्छ भनी उनले प्रश्न पनि गरेका छन्।  उनले अगाडि लेखेका छन्, ‘तर हामीकहाँ गणतन्त्रका संस्थापक र संविधानका निर्माताहरूलाई सत्तोसराप गर्ने होडबाजी चल्छ! अनि बन्छ देश?’