हामी एक इन्च भूमि छाड्न सक्दैनौं – प्रधानमन्त्री प्रचण्ड
४ जेठ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमणका क्रममा सीमा समस्याबारे कुरा उठाउने बताएका छन् ।
एमालेका सांसद रघुजी पन्तको प्रश्नको जवाफमा उनले एक इन्च भूमि पनि छाड्न नसक्ने र छिमेकीको भूमि पनि नचाहिने धारणा राखिने बताए । “हाम्रो एक इन्च जमिन पनि छोड्न सक्दैनौं । हामीलाई छिमेकीको एक इन्च जमिन चाहिँदैन,” प्रचण्डले भने, “यो नीतिअन्तर्गत सबै नेपालका राजनीतिक दलहरू र यो सम्मानित सदन हामी एकमत नै छौँ । त्यही मान्यताभित्र रहेर नै भारत सरकारसँग कुराकानी हुन्छ ।”
प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय हित, एकता अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौताा र भ्रम पर्न नदिने बताए । प्रधानमन्त्रीको भारत भ्रमण भने तय भएको छैन ।