सन्राइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ
३ असार काठमाडौं।अधिकतम बैंकिङ्ग सेवातथा सुविधाहरू डिजिटल माध्यमद्वारा प्रदानगर्ने अभिप्रायले सन्राइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामाजम्मागर्न सक्ने सेवाको शुभारम्भगरेको छ ।आजएक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले उक्तनयाँ सेवाहरुको उद्घाटन गर्नुभएको हो ।
बैंकले नविनतम् सेवा सुबिधादिने उद्देश्यका साथग्राहकहरुलाई बैंकमा रहेको आफ्नो वाअन्यग्राहकको खातामानगद रकमजम्मागर्न Cash Deposit Machine संचालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिकफारम नभरी केबल खातानम्बरको आधारमा मेसिनबाट सोझै नगदजम्मागर्न सक्ने छन्र त्यस्तो रकमतुरुन्तै ग्राहकको खातामाजम्मासमेत हुन्छ ।
यसै गरीे KIOSK मेसिनको प्रयोग गरीग्राहकहरूलेकुनै पनि समयमा बैंक कर्मचारीको सहयोग बिनै आफैक्लियरिङ चेक जम्मागर्न सक्नेछन्् । चेकहरू ग्राहकहरूको आवश्यकतातथा छनौट अनुसार सामान्य वा एक्सप्रेस क्लियरिङ अन्तर्गत जम्माहुनेछ।साथै ग्राहकहरुलेखातामौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै KIOSK मेसिनबाटप्राप्तगर्न सक्नेछन् । बैंकले Cash Deposit Machine (CDM) सेवाहालको लागि आफ्नो गैरीधारा शाखामा र Cheque Deposit Kiosk सेवा गैरीधारा तथा न्युरोड शाखामा सञ्चालनमाल्याएको छ र यी सेवाहरुलाई निकट भविष्यमाअन्यशाखाहरूमा समेत विस्तार गर्ने योजनाबनाएको छ ।
सन्राइज बैंक सधैं आधुनिकतथानविनतम् सेवाहरू प्रदानगर्न अग्रसर रहेको छ । यस्ता नयाँ प्रणालीहरुको प्रयोगबाट नगदतथा चेकजम्मागर्नेलगायतका सेवाहरु प्राप्त गर्न भौतिक फारम भर्नु पर्ने तथा बैंकको काउन्टरमा लाइन बस्नुपर्ने हालको अवस्था अन्त्यभई ग्राहकहरूलाई सहज सुविधापुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले जनाउनु भएको छ ।