यी हुन् मनाङको हेलिकोप्टरमा सवार ५ नागरिक


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २६ २०८०
3.3K
SHARES

२६ असार काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेपछि बेपत्ता मनाङ एयरको हेलिकोप्टरमा एकजना नेपाली पाइलटसहित ५ मेक्सिकन नागरिक रहेका पुष्टि भएको छ। सोलुखुम्बुको सुर्के हेलिप्याडबाट बिहान १० बजेर १२ मिनेटमा उडेर काठमाडौं आउँदै गएको हेलिकोप्टर दूधकुण्ड नगरपालिका र लिखु पिके गाउँपालिकाको सीमास्थित लामाजुरा क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको हो।

सम्पर्कविहीन उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भएको लिखु पिके गाउँपालिकाका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले बताएका छन्।  उनका अनुसार अहिले केही स्थानीयलाई दुर्घटनाग्रस्त क्षेत्रमा पठाइँदैछ। हेलिकोप्टर क्षतविक्षत भएकाले यात्रुलाई जीवितै भेट्ने सम्भावना कम छ।

मनाङ एयरको हेलिकप्टर सीबी गुरुङले कमान्ड गरेका थिए। जसमा मेक्सिकन नागरिकहरु ३ महिला र २ पुरुष रहेका छन्।

मनाङको यात्रु लिस्टअनुसार हेलिकोप्टरमा तिमा सिफुन्टेस जी फरनान्डो, गोनजालेक्स अब्रिक, गोन्जालेक्स ओकासिलियस, सिफुजेन्टस् जी मोक्स्रिटोस र रिनकोन इस्मेस रहेका छन्।