साँगामा बस दुर्घटना, सातजना घाइते


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ३ २०८०
2.5K
SHARES

३ साउन काठमाडौं । भक्तपुरको साँगामा यात्रुवाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। काभ्रेको धुलिखेलबाट काठमाडौं जाँदै गरेको बा.३ख ९३९६ नम्बरको बस साँगानजिकै झोलुंगे पुलमुनि दुर्घटनामा परेको हो।

बस पुलमुनि भिरबाट तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित सातजना घाइते भएका जिल्ला प्रहरी कार्यालयका एसपी प्रदीप केसीले नेपालखबरलाई बताए। घाइतेको भक्तपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।