५ वर्ष पुरानो लाभांश लिन नबिल बैंकको आग्रह


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ७ २०८०
1.5K
SHARES

७ साउन काठमाडौं । नबिल बैंकले पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले (साविक युनाइटेड फाइनान्स र नेपाल बङ्गलादेश बैंक समेत)को ५ वर्षभन्दा पहिले सम्पन्न वार्षिक साधारणसभाबाट पारित लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।

बैंकका अनुसार आर्थिक वर्ष २०७३÷७४ सम्मको नगद लाभांश केही सेयरधनीहरुले भुक्तानी लिन बाँकी रहेकाले लैजान आग्रह गरेको हो । सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथ परिचयपत्र ल्याएर लिन बाँकी रहेको लाभांश रकम लैजान भनेको हो । बैंकले एक महिनाभित्र बाँकी रहेको लाभांश लिनका लागि सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ ।

यदि उक्त समयमा लाभांश नलिएमा ५ वर्ष पुरा भई भुक्तानी हुन बाँकी रहेको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।