सबैभन्दा बढी नाफा कमाउन सफल नबिल बैंक


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २१ २०८०
2.2K
SHARES

२१ साउन काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरण अनुसार बैंकले ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६.८६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ रहेको छ। सो आधारमा बैंकले १४.६४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ८३.६२ प्रतिशत, कुल सञ्चालन आम्दानी ८८.९६ प्रतिशत, सञ्चालन मुनाफा ७५.३७ प्रतिशतले बढेको छ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १८ पैसा बढेर २७ रुपैयाँ ८२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.५४ गुणा र प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा रहेको छ। बैंकको  चुक्ता पूँजी २७ अर्ब ५ करोड  ६९ लाख रुपैयाँ रहेको  छ।