पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन २३ २०८०
2.3K
SHARES
२३ साउन काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । लेदो बिहान ५ः२० बजेबाट खस्न थालेको चितवन प्रहरीले जानकारी दिएको छ ।
अहिले सडक डिभिजन कार्यालयको सहितको टोलीले सडक खुलाउने काम गरिरहेको छ । पहिरोको कारण त्यस राजमार्ग भएर गुड्ने सवारी साधन जाममा बसेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट