साततलेमा तत्काललाई ‘युद्धविराम’
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन २५ २०८०
2.5K
SHARES
२५ साउन काठमाडौं । कपन साततलेस्थित खहरे भत्काउन गएको काठमाडौं महानगर प्रहरी करिब ६ घण्टापछि ब्याक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच वार्ता भएपछि डोजर ब्याक गरिएको हो ।
दुई मेयरबीच भएको वार्तामा दुवै नगरपालिकाको प्राविधिक टोली र नापी विभागको टोलीसमेतले खोलाको क्षेत्र नापजाँच गरेपछि मात्र थप प्रक्रिया अघि बढाउने सहमति भएपछि आफूहरू तत्काललाई पछि हटेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट