सांसद शर्मा पक्राउ परेपछि व्यवसायी प्रसाईंले दिए यस्तो प्रतिक्रिया
२५ साउन काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेपछि स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले विरोध जनाएका छन्।बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेका सांसद शर्मालाई भेट्ने लाजिम्पाटस्थित् सिआइबीको कार्यालय पुगेका व्यवसायी प्रसाईंले पक्राउको विरोध गरेका हुन्।
उनले सांसद शर्माले शैक्षिक प्रमाणपत्रको आधारमा के निर्वाचन जितेको हो भन्ने प्रश्न गर्दै भने, ‘प्रमाणपत्रको विषयमा कुरा गर्ने हो भने कोही आउछभने मसँग आओस बहस गर्न। त्यो प्रमाणपत्रबाट उनले सांसद जितेको हो? ल निर्वाचन आयोगमा अरू सांसदहरूका नि एसएलसी पास गरेको छैन अरे! बिए पास गरेको भनेर भन्या छ रे! निर्वाचन आयोगमा। ती झिकेर ल्याउन। हेरम न।’