नगरिक लगानी कोषको नाफा १ अर्ब


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २८ २०८०
1.8K
SHARES

२८ साउन काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७९÷८० मा झण्डै १ अर्ब रुपैयाँ नाफा गरेको छ । कोषले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत असारसम्म खुद नाफा ३६.७४ प्रतिशत बढेर ९० करोड ७८ लाख ३६ हजार रुपैयाँ गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा कोषले ६६ करोड ३९ लाख ११ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएकाले कोषको नाफा बढेको छ । कोषल् मुद्दती निक्षेपमा लगानी गरेको ब्याज आम्दानी बढ्न गएकाले नाफा बढेको हो ।

गत असारसम्म कोषको ब्याज आम्दानी ४० करोड ४९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कोषले ३५ करोड ९९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

असारसम्म कोषको सेवा शुल्क तथा कमिशन आम्दानी १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ र अन्य आम्दानी २ करोड ७४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष सेवा शुल्क तथा कमिशन आम्दानी १ अर्ब २४ करोड ८८ लाख रुपैयाँ र अन्य आम्दानी १ करोड ९५ लाख रुपैयाँ गरेको थियो ।

समग्रमा कोषको कूल आम्दानी ११.३० प्रतिशत बढेर १ अर्ब ८१ करोड २२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष १ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा आफ्नो खर्च पनि घटाएको छ । कोषको कूल खर्च ०.१९ प्रतिशत घटेर ६० करोड १८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष ६० करोड २९ लाख रुपैयाँ कूल खर्च गरेको थियो ।

कोषको चुक्ता पूँजी ६२.५० प्रतिशत बढेर ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ र जगेडा कोष २२ अर्ब ३६ करोड ९४ लाख रुपैयाँ पुगेको छ । कोषको प्रतिसेयर आम्दानी १७.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५४.८१ रुपैयाँ रहेको छ । साथै, कोषको रिटर्न अन इन्भेष्टमेन्ट (आरओआई) अर्थात् लगानीमा प्रतिफल ९.४० प्रतिशत रहेको छ ।