प्रति नेपालीको टाउॅंकोमा ७४ हजार ऋण


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १ २०८०
4.4K
SHARES

१ भदौ काठमाडौ । नेपाल सरकारको ऋण २२ खर्ब १८ अर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो।

२०८० असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋणमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रहेको छ। यसैगरी आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ। तथ्यां‌क अनुसार प्रतिनेपाली ऋणको भार ७४ हजार १०८ रुपैयाँ पुगेको छ।