मुग्लिन –नारायणगढ सडक अवरुद्ध , खुलाउन समय लाग्ने


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र ४ २०८०
2.2K
SHARES

४ भदौ काठमाडौँ । पहिरोका कारण मुग्लिन नारायणगढ सडक अवरुद्ध बनेको छ । मुग्लिन नारायणगढ सडक खण्डको नाम्सि पुल नजिकै सोमबार साँझ खसेको भिषण पहिरोको कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरको तैनाथ अवस्थामा राखिएको मेशिन उक्त स्थानमा पुगिसकेपनि माथिबाट ढुंगा खस्ने क्रम नरोकीएको कारण पहिरो पन्छाउने कार्यमा समस्या भइरहेको जनाएको छ ।  सडक डिभिजनले पहिरोका कारण रोकिएका सवारीसाधन लगायत यात्रु महानुभावहरू सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ ।