नबिल बैंकले काठमडौंमा घरजग्गा बेच्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १७ २०८०
2K
SHARES

१७ भदौ काठमाडौं । नबिल बैंकले गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका गैर बैंकिङ््ग सम्पत्तिहरु घरजग्गा तथा सवारी साधन बिक्री गर्ने भएको हो ।

बैंकको नाममा काठमाडौं महानगरपालिका २८ कमलादी अर्थात् काठमाडौं प्लाज स्थित २ वटा कित्ता घरजग्गा बिक्री गर्ने जनाएको छ । बैंकले कित्ता नम्बर १५०६ र १०५९ को क्रमशः ६३.५८ र ५८६.२४ वर्गमीटर गरी कूल ६४९.८२ वर्गमीटर अर्थात् १–४–१–३ रोपनी क्षेत्रफल भएको घरजग्गा बिक्री गर्ने बताएको छ ।  बैकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी ७ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

#nabil bank