सानिमा क्यापिटलको लाभांश घोषणा


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २४ २०८०
1.8K
SHARES

२४ भदौ काठमाडौं  सानिमा क्यापिटलले १८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । भदौ २२ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सेयरधनीलाई करसहित १८ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको हो ।

उक्त प्रतिफल सानिमा बैंक कोष प्रवर्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहि म्युचुअल फण्ड अन्तर्गत सानिमा इक्विटी नामक योजनाको आर्थिक वर्ष २०७९/८० को नाफाबाट वितरण हुने छ । हाल उक्त योजनाको आकार एक अर्ब ३० करोड रुपैयाँ छ ।