दुई करोड ४६ लाख धरौटी बुझाएर रिहा भए मीनबहादुर गुरुङ
२४ भदौ काठमाडौ । ललितानिवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर रिहा भएका छन् ।
उनलाई जिल्ला अदालत काठमाडौंले आइतबार नै दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकोमामा अदालतले मागेको जम्मा गरेर उनी आइतबार साँझ रिहा भएका हुन् ।
जिल्ला अदालत आइतबार यो प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । सीआईबीले अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले किर्ते कसुरमा उनीहरूमाथि मुद्दा चलाएको थियो ।