नेको इन्स्योरेन्सले हकप्रद जारी गर्ने
३१ भदौ काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको भदौ २९ गते शुक्रबार बसेको बैठकले विशेष साधारणसभा बोलाएको हो। सभा नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले हाल कायम चुक्तापुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। साथै, हकप्रद सेयरको हदसम्म जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले असार १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ असोज ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारणसभा भाग लिन पाउनेछन्।