सिटिजन्स बैंकले पायो ३० लाख कित्ता ऋणपत्र विक्री गर्न स्वीकृति


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २ २०८०
4.5K
SHARES

२ असोज काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले भदौ २९ गते बैंकले ऋणपत्र निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो ।

बैंकको ऋणपत्र विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड छ । कम्पनीले आगामी १० वर्षका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएको हो । कुल कित्ता ऋणपत्रमध्ये बैकले १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।