कुमारी ईक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाले वितरण गरे प्रतिफल


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ४ २०८०
3.1K
SHARES

४ असोज काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाहरूले यस वर्षको प्रतिफल वितरण गरेका छन् । दुबै योजनाले यस वर्षको प्रतिफल सम्बन्धित इकाईधनीहरूको बैंक खातामानै जम्मा गरिदिएको हो ।

गत आर्थिक वर्ष ०७९/८० को लागि कुमारी ईक्वीटी फण्डले कर समेत १० प्रतिशत र कुमारी धनबृद्धि योजनाले कर समेत ६ प्रतिशत प्रतिफल वितरण गरेका हुन ।

प्रतिफल प्रयोजनका लागि दुबै योजनाले भदौ १८ गते एक दिन बुक क्लोज गरेका छन् । बुक क्लोजको आधारमा भदौ १७ गते गतेसम्म कायम इकाईधनीहरूले मात्र यी दुई योजनाको प्रतिफल प्राप्त गरेका छन् । हालसम्म पनि हितग्राही खाता अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथासिघ्र अद्यावधिक गराउन समेत योजनाहरूले आग्रह गरेका छन् ।