सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबीच सम्झौता


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज ९ २०८०
3.4K
SHARES

९ असोज काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सेल्सबेरीमा आकर्षक छुट पाउने भएका छन् । सांग्रिला डेभलपमेन्ट बैंक र सेलवेज क्यास एण्ड क्यारी (सेल्सबेरी) बिच बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानाङ्घले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सेल्सबेरीले बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिदमा छुट दिने छ । ग्रोसरीमा, लिक्वयर, हाउसहोल्ड, गार्मन्ट लगायका सामानमा २५ प्रतिशतसम्म छुट दिने जनाएको छ ।