सुनको भाउमा भारी गिरावट
११ असोज काठमाडौं । आज असोज ११ गते बिहीबार सुनको भाउमा भारी गिरावट आएको छ। उक्त दिन सुन प्रतितोला १ हजार ४०० रुपैंयाले घटेको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदी प्रतितोला १५ रुपैंयाले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ३८५ पैयाँमा कारोबार भएको थियो ।