गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय कीर्तिपुरमा संचालनमा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १२ २०८०
2.8K
SHARES

१२  असोज काठमाडौं । कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय संचालन गरेको छ । गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको छ । आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिदै यस विकास बैंकले ऐतिहासिक धरोहर बोकेको कीर्तिपुर, काठमाडौंमा १२२औं शाखा कार्यालय सञ्चालन गरेको छ । काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिन्छ ।

हाल, यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।