नबिल बैङ्कले ब्यालेन्स्ड फण्ड–२ का लगानीकर्ताहरूलाई ९.६ प्रतिशत प्रतिफल दिने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १२ २०८०
5.5K
SHARES

१२  असोज काठमाडौँ । नबिल बैङ्कले ब्यालेन्स्ड फण्ड–२ (एनबीएफ२) नामक सामूहिक लगानी योजना अन्तर्गतको मुचुअल फण्डका इकाईधनीहरुलाई ९.६ प्रतिशत प्रतिफल दिने भएको छ । आर्थिक वर्ष २०७९-८० को नाफाबाट बैङ्कले १० करोड ७५ लाख २० हजार रुपैयाँ (९.६ प्रतिशत) करसहित प्रतिफल दिने भएको हो ।

नबिल इन्भेस्टमेन्ट बैङ्किङ योजना व्यवस्थापन एवं डिपोजिटरी रही नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको नबिल ब्यालेन्स्ड फण्ड–२ का लागि कूल १ अर्ब १२ करोड रुपैयाँ बराबरको इकाई बिक्री गरेको छ । जसको ९.६ प्रतिशतले हुन आउने रकम बराबरको प्रतिफल बाँड्न लागिएको बैङ्कले जनाएको छ ।  म्युचुअल फण्ड योजना व्यवस्थापकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त प्रतिफल पारित गरेको हो ।