अब मुद्दती खातामा प्यान नम्बर अनिवार्य


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १९ २०८०
2.3K
SHARES

१९ असोज काठमाडौँ । ५० लाख रुपैयाँभन्दा माथिको मुद्दती खाता खोल्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य उल्लेख गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन २०७९ जारी गर्दै ५० लाख रुपैयाँभन्दा बढीको मुद्दती निक्षेप खाता खोल्दा प्यान नम्बर अनिवार्य गरिएको हो ।

‘इजाजतपत्रप्राप्त संस्थाले कुनै प्राकृतिक व्यक्तिको ५० लाख रुपैयाँभन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्नेछ,’ एकीकृत निर्देशनमा उल्लेख छ । यसअघि सो व्यवस्था लागू भएको थिएन ।