नबिल बैंकले दशैंका लागि यी ५ शाखाबाट मात्रै नयाँ नोट साट्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २६ २०८०
4.5K
SHARES

२६ असोज काठमाडौं । नबिल बैंकले विभिन्न ५ वटा शाखा कार्यालयबाट मात्रै दशैंका लागि नयाँ नोट सटही गर्ने भएको छ । बैंकका अनुसार असोज २९ गतेदेखि लाजिम्पाट, गुसिंगल, मंगलबजार, कमल बिनायक र बौद्ध रामहिटी शाखाबाट मात्रै नयाँ नोट सटही सुविधा प्रदान गर्नेछ ।

साथै, उक्त शाखाबाट बिहान ११ बजेदेखि २ बजेसम्म र शुक्रबार बिहान १ बजेसम्म मात्रै नोट सटही सेवा दिने बैंकले जनाएको छ ।प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने छन् । जसमा ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट उपलब्ध हुने छन् ।