सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो ?
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक १२ २०८०
2.1K
SHARES
१२ कात्तिक काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँ रहेको छ ।
सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट