कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १४ २०८०
1.7K
SHARES

१४ कात्तिक काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ५ लाख ३० हजार कित्ता शेयर विक्रीमा ल्याएको छ । बैंकले अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक खरीदकर्ताहरूले कात्तिक २० गतेसम्म विक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । यो शेयरको मूल्य प्रतिकित्ता १०१ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्र्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक २१ गते विहान १० बजे कुमारी क्यापिटलको कार्यालयमा खोलिने जानकारी समेत बैंकले दिएको छ ।