गरिमा विकास बैंकको २ लाख ८२ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक १९ २०८०
3.8K
SHARES
१९ कार्तिक काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख ८२ हजार ५७३ दशमलव ४९ कित्ता संस्थापक बिक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले मंसिर २२ गतेसम्म कम्पनीको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट