डिजिटल बैंकिग बारे ग्राहकलाई जनचेतना दिदै सिटिजन्स बैंक
२० कार्तिक काठमाडौ । पछिल्लो समय नेपालमा डिजिटल बैंकिग प्रयोग गर्ने मनिसहरू बढ्दै गएका छन् ।नयाँ प्रविधिको विकाससंगै बैंकिङ क्षेत्र पनि प्रविधिमय बन्दै गएको छ । क्यास लेस कारोबार धेरै हुन थालेको छ । आम मानिसहरूलाई बैंकको यो सेवाले ठुलो फाईदासम्म पुराएको पाउन सकिन्छ । यहि सेवा सिटिजन बैंकले पनि आफ्नो ग्राहकहरूमा दिदै आएको छ । बैंकको डिजिटल सेवा प्रयोग गर्न जानेमा निकै लाभदायिक र प्रयोग गर्न नजानेमा अर्थात आफ्नो गोप्यनियता अरूलाई प्रदान गरेमा निकै नोक्सानी समेत व्योवर्नु समेत पर्न सक्छ ।
बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो पिन नम्बर , पासवार्ड, लगाएत गोप्य कुराहरू अन्य व्यक्तिहरूलाई दिन हुदैन भनेर सुसोचित गराउदै जनचेतना प्रदान दिदै आएको छ । अन्य अपरितित व्यक्तिले बैंकको डिटेल मागेको खण्डमा समेत दिन हुदैन भन्ने ज्ञान ग्राहक वर्गले राख्नु पर्ने बताएका छन । बैंकको कर्मचारीहरूले समेत ओ.पि.डि. कोर्ड, पासवार्ड नमाग्ने बैंकले प्रष्ट पारेको छ । पछिल्लो समय के.अई.सि. अपडेटको नाममा विभिन्न व्यक्तिहरूले कल गरि यस्तो कोर्डहरू माग्ने गरेकोमा त्यस्ता व्यक्तिहरूको कुरामा कुनै सत्यता नराख्न समेत आग्रह गरेको छ । कुनैपनि समस्याहरू परेको खण्डमा वा बैंकको विभिन्न कार्डहरू हराएको खण्डमा तुरून्त बैंकमा खबर गर्न अनुरोध समेत गरेको छ । त्यस्ता कुनै फर्महरू भराउन परेको खण्डमा ग्राहकलाई बैंकमा नै बोलाएर स्वंयम् व्यक्तिले नै भर्नु पर्ने अनिवार्य समेत गरेको छ ।
त्यसैले अनलाईन बैंकिङ सेवा सुचारु गर्दा बैंकको आधिकारीक वेबसाईट बाट मात्र प्रयोग गर्ने, आधिकारीक एप मात्र डाउनलोड गर्ने, अनलाईन बैंकिङ प्रयोग गर्ने मोबाईल, ल्यापटप, ग्याजेटलाई पासपोर्ट, पिन, प्याटर्न र बायोमेट्रिकले अनिबार्य रुपमा लक गर्ने, अनलाईन बैकिङको युआरएल सधैँ टाईप गर्ने, कुनै पनी इमेल लिंक वा हाईपर लिंक क्लिक गर्ने गर्न नहुने सन्देश दिईएको छ ।
यसका साथै अनलाईन बैंकिङको प्रयोगमा ओपिटि, फिंगर प्रिन्ट, मोबाईल नम्बर प्रयोग गर्ने, बैंकको सबै किसिमको अलर्ट सेवाहरु लिने जसले गर्दा ग्राहकको खातामा हुने कुनै पनि किसिमको गतिविधिहरुको विषयमा तुरुन्त सुचना दिने गर्छ ।
आफ्नो बैंकको स्टेटमेन्ट समयमा समयमा चेक गर्र्ने, आफ्नो बैंक अकाउन्टको पासपोर्ट, पिन कोर्ड, सिभिसी,ओपिटी,एमपिन,ट्रान्जेक्सन पिन कसैलाई पनी कुनै पनि माध्याम बाट दिन नहुने, बैंकको कर्मचारी हो भनी फोन गर्यो भने पनी यी कुराहरु सार्वजनिक गर्न नहुने भनी महत्वपुर्ण सुचना सम्प्रेषण गरिएको छ । बलियो पासपोर्ट प्रयोग गर्ने र समय समयमा परिवर्तन गर्र्ने, पासपोर्टहरु कुनै पनि ब्राउजरमा सेभ गरेर राख्न नहुने, सकेसम्म सार्वजनिक वाईफाईबाट बैंकिङ कारोबार गर्न नहुने, आफ्नो मोबाईल वा अनलाईन बैंकिङ एपलाई सधै अप टु डेट राख्ने र कुनै पनि शंकास्पद गतिविधि भएको शंका लागेमा सम्वन्धित बैंकलाई तुरुन्त खबर गर्नुपर्छ ।
यी महत्वपुर्ण डिजिटल बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने र सचेत रहनुपर्ने कुरामा सन्देश प्रवाह गरिएको छ र यी कार्यहरुमा ध्यान दिएमा डिजिटल बैंकिङ कारोबार सुरक्षित तरिकाले गर्न सकिने यस भिडियो मार्फत महत्वपुर्ण सन्देश प्रवाह गर्न खोजिएको छ ।
ग्राहकहरुको सहजिकरणका निमिक्त बैंकले नयाँ भिषा कार्ड अनुरोध, पिन अनुरोध, कार्ड ब्लक गर्ने जस्ता सेवाहरु अनलाईन तथा मोबाईल बैंकिङ मार्फत प्रदान गरिरहेको छ । सिटिजन्स बैंकका ग्राहकले क्यूआर कोड रजिष्ट्रेसन अनुरोध, अकाउन्ट नम्बर परिवर्तन, मेरो सेयर अनुरोध, सिआरएन नम्बर अनुरोध, डिम्याट तथा आस्वा सेवा, शेयर रिन्यू लगायत अन्य धेरै सेवाहरु अनलाईन मार्फतबाटै पाईरहेका छन् ।बैंकले देशमा मात्रै नभएर विदेशमा समेत चल्ने एनपीआर र यूएसडी डेबिट कार्ड क्रेडिट कार्ड मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।