एभरेष्ट बैंकको अध्यक्षमा डा.बालगोपाल वैद्य
२४ कार्तिक काठमाडौं । एभरेष्ट बैंकको अध्यक्षमा डा.बालगोपाल वैद्य चयन भएका छन् । बिहीबार बसेको संचालक समितिको बैठकले बैंकको अध्यक्ष वैद्यलाई निर्विरोध चयन गरेको हो । यसअघि वैद्य बैंक संचालक सदस्य रहेका थिए ।
बैंकमा लामो समयदेखि अध्यक्ष रहेका बिके (विष्णुकृष्ण) श्रेष्ठको निधन भएपछि वैद्य अध्यक्ष बनेका छन् ।एभरेष्ट बैंक थापनादेखी जिवनको अन्तिम अवस्थासम्म कुशल नेतृत्व गर्न सफल श्रेष्ठले बैंकलाई विदेशी ज्वाइन भेञ्चर भित्र्याएर नेपाली बजारमा अब्बल बैंक बनाएका थिए । तर, गत कात्तिक ६ गते सोमबार ९४ वर्षको उमेरमा निधन भएको थियो ।