२४ सयले घट्यो सुनको मूल्य


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १९ २०८०
1.9K
SHARES

१९ मंसिर काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य घटेको छ । सोमबार प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २४ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन घटेर प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।