कुमारी बैंकको ऋणपत्र सूचीकृत
Capital Headline
प्रकाशित मिति :
बुधबार, मंसिर २७ २०८०
2.5K
SHARES
२७ मंसिर काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ५० लाख थान ऋणपत्र मंसिर २७ गते नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको १० प्रतिशत केबिएल डिबेञ्चर २०९०’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै मंसिर २८ गतेदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच गर्न पाइने छ । बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट