एनसेलको सेयर खरिदबिक्री बारे सरकारले एक्सन लिन्छ – प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ३ २०८०
1.7K
SHARES

३ पुस काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको खरिदबिक्री ठीक ढंगबाट नभएको बताएका छन् । मंगलबार राज्य व्यवस्था समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।‘मैले एनसेलको सेयर खरिद बिक्री प्रकरणको विश्लेषण गरिरहेको पनि मैले बुझेको छु । समितिको एकिन राय प्राप्त भएपछि सरकारले मुद्रा सटही, कर प्रशासन लगायतका विषयमा नयाँ कदम चाल्नेछ, मलाई शुरुमा नै यो ठिक ढंगले भएको छैन भन्ने लागेको हो,’ उनले भने ।

त्यस्तै, सरकार यो विषयमा गम्भीर र संवेदनशील रुपमा लागेको र कानुन तथा कर प्रणाली अनुसार छ खरिद बिक्री भएको छ वा छैन भन्ने विषयमा लागि परेको उनले बताए ।‘विभिन्न क्षेत्रबाट चासो व्यक्त गरिएको छ । यसको कारोबार भएको बेलामा म देशबाहिर थिएँ । सोही समयमा मैले यो समाचार दुबैइमा सुने, फर्कनेबित्तिकै सञ्चार मन्त्रालय, प्राधिकरणलाई निर्देशन दिन मुख्यसचिवलाई ड्राफ्ट गर्न लगाएर निर्देशन दिएँ,’ उनले भने ।

पछि सञ्चार मन्त्रालयलसँग छलफल गरि मंसिर २१ गते छानबिन समिति गठन गरिएको समेत उनले जानकारी गराए ।प्राधानमन्त्री प्रचण्डले यो प्रकरण कसैलाई ओभरल्याप गर्ने गरी नगरिएको, छानबिनबाट नेपालको दूरसञ्चार क्षेत्रमा पर्ने प्रभाव, विदेशी लगानिमा पर्नसक्ने प्रभाव र नेपालको कर क्षेत्रमा पर्न सक्ने प्रभावको बारेमा अध्ययन गर्न निदेशन दिइएको बताए ।