क्रिसमसमा गाउँपालिकाले दियो ३ दिन सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस ७ २०८०
2.1K
SHARES

७ पुस काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाइ धर्माबलम्बीहरुको पर्व क्रिसमसमा तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकामा इकाइ धर्माबलम्बीहरुको उल्लेख्य बसोबास रहेकाले पुस ८, ९ र १० गते अर्थात् डिसेम्बर २४, २५ र २६ गते सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले एक सूचना जारी गर्दै ‘सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सबै सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्था बन्द रहने जानकारी दिएको छ’ । हरेक वर्ष डिसेम्बर २५ मा मनाइने क्रिसमस यस वर्ष पुस ९ गते परेको छ ।