नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १३ २०८०
1.8K
SHARES

१३ पुस काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ४१ हजार १३१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले १० जना संस्थापक शेयरधनीहरूको नाममा रहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।