एकैदिन तोलामा १३ सयले घट्यो सुनको मूल्य


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १३ २०८०
2.7K
SHARES

१३ पुस काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सय रुपैयाँ घटेर छापावाला सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।