ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २३ २०८०
1.8K
SHARES

२३ पुस काठमाडौ । ग्लोबल आइएमई बैंकले दुई वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ। बैंकले सर्लाहीको मलंगवा नगरपालिका–८, मलंगवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

यी दुई नयाँ शाखाहरूबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध हुने बैंकको भनाइ छ। बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।