बम्जनको घरबाट ३ करोड बढी नगद बरामद


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २५ २०८०
2.3K
SHARES

२५ पुस काठमाडौ । तपस्वी’ राम बहादुर बम्जन (लिटिल बुद्ध)को घरबाट प्रहरीले ठूलो मात्रामा नगद बरामद भएको जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई मंगलबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो।

बम्जन पक्राउपछि सीआईबीसहित प्रहरीको टोलीले बुढानीलकण्ठको हात्तीगौँडास्थित घरमा छापा मारेको थियो। छापा मार्दा ३ करोड ३० लाख ७५ हजार रुपैयाँ बरामद भएको सीआईबी स्रोतले जानकारी दिएको छ। उनको घरबाट १५ वटा मोबाइल, ल्यापट र ३० वटाभन्दा बढी पेन ड्राइभ पनि बरामद भएको प्रहरीले जनाएको छ।