रामपुर जाँदै गरेको जिप भीमादमा दुर्घटना, १२ जना घाइते


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २५ २०८०
2.1K
SHARES

२५ पुस पोखरा । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप तनहुँको भीमादमा दुर्घटना भएको छ । भीमाद नगरपालिकाको मिर्छुलुङमा गाडीलाई साइड दिने क्रममा जिप सडकबाट तल खसेको हो ।

ग १ ज ७५३४ नम्बरको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा सवार चालक सहित १२ जनालाई उद्धार गरिएको छ ।

घाइतेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । तीमध्ये बढी घाइते भएका ३ जनाको थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।