फेला परेको पहेँलो धातु ‘सुन नभएको’ प्रमाणित


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २५ २०८०
3.5K
SHARES

२५ पुस पोखरा । पोखरामा सोमबार बिहान फेला परेको सुनजस्तै देखिने ४५ थान पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको प्रहरीले जनाएको छ । उक्त वस्तु पोखरा १५, टुटुंगाका ढुंगेसाँघु पुल नजिकै सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका कर्मचारीले फेला पारेका थिए ।

शिक्षालयका प्रशिक्षार्थीले मंगलबार बाहिरी अभ्यास गर्ने क्रममा उक्त वस्तु ढुंगेसाँघुको झाडीमा कालो झोलामा राखेको अवस्थामा फेला पारेका थिए । उनीहरुकै सूचनका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेको थियो ।

सुनजस्तो रङ र सुनकै प्रकृतिमा तयार पारिएको उक्त वस्तु साँझ परीक्षणका क्रममा क्रममा सुनजस्तो देखिने अन्य धातु भएको प्रमाणित भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।